नियम
बिदाको अवधिको लागि न्यायाधीश तोक्ने
(१) ऐनको दफा २६ को प्रयोजनको लागि तीन दिन वा सो भन्दा बढी अवधिको लागि अदालत बन्द रहने भएमा त्यस्तो बिदाको अवधिको लागि बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रको सुनुवाई गर्न अदालतको पूर्ण बैठकले न्यायाधीश तोक्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम न्यायाधीश तोक्दा एकभन्दा बढी न्यायाधीश भएको अदालतमा कुनै न्यायाधीशलाई वा आलोपालो गरी न्यायाधीश तोक्न सकिनेछ । (३) उपनियम (१) बमोजिम न्यायाधीश तोकिएको जानकारी सम्बन्धित उच्च अदालत र सर्वोच्च अदालतलाई दिनु पर्नेछ । (४) उपनियम (१) बमोजिम तोकिएको न्यायाधीशको सहयोगको लागि आवश्यक कर्मचारीको व्यवस्था ख्रेस्तेदारले गर्नेछ । (५) उपनियम (१) बमोजिम बिदाको अवधिमा खटिएका कर्मचारीलाई सो अवधिको लागि निजले खाइपाई आएको तलब भत्ताको अतिरिक्त सो बराबरको अतिरिक्त रकमसमेत प्रदान गरिनेछ ।